Thu. Mar 28th, 2024

खानेपानी सुरक्षा योजना समूहलाई खानेपानी सुरक्षा योजना तालिम


२ जेठ, धादिङ

धादिङ जिल्लाको विभिन्न ठाउँमा संचालित खानेपानी आयोजना सुरक्षा टोलीलाई खानेपानी सुरक्षा योजना सम्बन्धी तालिम प्रदान गरिएको छ । फोकस नेपाल धादिङद्वारा डि.एफ.आई.डी, मटम्याक डोनाल्ड र अक्सफामको सहयोगमा गंगाजमुना, सिद्धलेक र बेनिघाट रोराङ गाउँपालिकामा संचालित खानेपानी सुरक्षा योजना टोलीलाई तालिम प्रदान गरिएको हो ।

संस्थाले गंगाजमुना गाउँपालिका – ६ मा संचालित काप्रीखोला लापुडाडा खानेपानी आयोजना, सादीखोला खिरबोटे खानेपानी आयोजना, चिसापानी बसेरी खानेपानी आयोजना, सिद्दलेक गाउँपालिका – ३ मा संचालित डुमीडाडा डिपबोरिङ खानेपानी आयोजना र बेनिघाट रोराङ गाउँपालिका – ८, ९ मा संचालित विधाङ खोला खानेपानी आयोजनाहरुमा योजना संचालन गरिरहेको छ ।

खानेपानी सुरक्षा योजनामा जिम्मेवारीहरु, खानेपानी सुरक्षा योजना टोलीको काम कर्तव्य अधिकार तथा जिम्मेवारीहरु, खानेपानी आयोजना÷ प्रणाली सम्बन्धी जानकारी, घरेलु रुपमा पानी शुद्धिकरण गर्ने विधि, उपभोक्ता सन्तुष्टि पहिचान बारे जानकारी, खानेपानी आयोजनाको रिर्पोट तयारी, खानेपानी प्रणालीको विश्लेष्ण, प्रदुषण पहिचान र जोखिम विश्लेषण तथा नियन्त्रणका उपायहरुको बारेमा जानकारी गराइएको थियो ।

त्यस्तै प्राविधिक कर्मचारीहरु प्लम्वर, प्रयोगशालाको प्राविधिक आदिले नियमित संचालन प्रक्रियाको अनुगमन गर्नको लागी, अनुगमन कार्यको अभिलेख, प्रमाणिकरण कार्यको योजना तर्जुमा जस्ता विषयहरुमा फोकस नेपाल धादिङका परियोजना संयोजक रामहरि पन्त, इन्जिनियर राजेस छत्कुली, सिनियर सव इन्जिनियर चन्द्र तिमल्सीना, सामुदायिक प्राविधिक सुरेश गिदेल मगरले जानकारी गराएका थिए ।

तालिममा सहजीकरण गरिएको विषयवस्तुहरुलाई मध्यनजर गर्दै ५ वटा खानेपानी सुरक्षा योजना टोली बाट आफ्नो समुदायमा सञ्चालन गरिएको खानेपानी आयोजनालाई दिगो रुपमा सञ्चालन गर्न कार्य योजना तयार गरी उक्त कार्ययोजना माथी विस्तृत छलफल गरिएको थियो । तालिमको अवधिमा अध्ययन अवलोकन गर्नको लागी नमुना खानेपानी आबुखैरेनी खानेपानी आयोजनामा भ्रमण समेत गराइएको थियो ।

तालिमलाई सहजीकरण गर्दै फोकस नेपाल धादिङका कार्यकारी निर्देशक एकराज छत्कुलीले समग्र परियोजनाको उद्देश्य, खोपानी सुरक्षा योजना टोलीको भुमिका, काम कर्तव्य अधिकार, समुदायमा आइपर्ने समस्या र खानेपानी सुरक्षा योजना टोलीबाट तयार गरिएको कार्ययोजना माथि प्रकाश पार्दै तयार गरिएको योजनालाइ कार्यान्वयन गर्नु पर्ने कुरालाइ जोड दिए ।

२०७६ जेठ २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: