Fri. Jul 19th, 2019

सिद्धलेकका किसानद्धारा बाली तथा पशुपंक्षी बीमाको प्रभावकारी कार्यान्वयनको माग

३ जेठ, धादिङ –


धादिङको सिद्धलेकका किसानहरुले बाली तथा पशुपंक्षी बीमाको प्रभावकारी कार्यान्वयनको माग गर्दै गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

सिद्धलेक गाउँपालिकामा गठित जलेश्वरी रेडियो श्रोता समूहको पहलमा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । राज्य केन्द्र, प्रदेश र स्थानीय तह सरकारको रुपमा कार्य अगाडि वढाइरहेको सन्र्दभमा स्थानीय स्तरमा नागरिकका जनजीविका, आवश्यकता तथा मागलाई प्रत्यक्ष रुपमा सम्बोधन गर्न ध्यानाकर्षण पत्र मार्फत अनुरोध गरिएको छ ।

नेपालमा अधिकांश जनसंख्या कृर्षि तथा पशुपालनमा आश्रित रहेको देखिन्छ । सिद्धलेक गाउँपालिकाको विवरण हेर्दा कुल जनसंख्या ३१३९५ को ३९.५४ प्रतिशत जनसंख्या कृर्षि तथा पशुपालनमा आश्रित रहेको देखिन्छ । यस क्षेत्रमा संघसंस्थाले परियोजनाको नियमानुसार अल्कालिन पशु बिमा गरेको देखिन्छ भने बीमा गरेका व्यक्तिहरुले समेत नियमसंगत तवरबाट क्षतिपुर्ति पाएको अवस्था समेत देखिदैन ।

विशेष गरी साना तथा मझौला किसानहरुलाई प्रभावकारी बीमाको व्यवस्थापन नहुँदा, व्यवसायिक बन्ने तथा जोखिम मोल्न समेत आँट आएको देखिदैन । आम्दानीको मुख्य स्रोतको रुपमा कृर्षिमा आश्रित जनसंख्याको आवश्यकता र तुलनात्मक फाईदाका क्षेत्रहरु पहिचान गरी आगामी कार्यक्रममा कृषि बिमालाई जोड दिन आग्रह गरिएको जलेश्वरी रेडियो श्रोता समूहकी सहजकर्ता ज्ञानु घलेले बताइन् ।

बालि तथा पशुपंक्षि विमाको प्रभावकारि कार्यान्वयनको लागि जानकारीमुलक अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न, गाउँपालिका स्तरमै विमा कम्पनीको सम्पर्क स्थापना गर्ने वातावरण सुनिश्चित गर्न, विमाको उचित क्षतिपुर्तिको लागि सहज र सजिलो सयन्त्रको निमार्णको पहल गर्न माग गरिएको छ ।

त्यस्तै गाउँपालिकाले नै प्रत्येक वडामा विमा अभिकर्ताहरु खटाउने वातावरण वनाउनुपर्ने, विमा गराउँदा लाग्ने विमाशुल्क (प्रिमियम) रकम ७५ प्रतिशत नेपाल सरकारले ब्यहोरिदिने वातावरण पालिका स्तरमै कायम गर्ने, पालिकाले वनाउने नितिनियममा बालि तथा पशुपंक्षि क्षतिपुर्तिको थप ब्यवस्था गर्न माग गरिएको छ ।

२०७६ जेठ ३ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: