Fri. Oct 18th, 2019

सरकार हरेक दिन एक कदम अगाडि बढिरहेको छ : प्रधानमन्त्री ओली


६ जेठ, धादिङ –


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हरेक दिन एक कदम अगाडि बढिरहेको बताएका छन् । धादिङको गल्छी गाउँपालिकास्थित मासटारमा मध्यपहाडि लोकमार्गमा सूचना महामार्ग निर्माण (अप्टिकल फाइबर नेटवर्क ) कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले देश सभ्य, अनुशासित, शान्त र स्थीरताको बाटोतर्फ लम्किसकेकाले हरेक कदम कदममा विकास र प्रगतिको अनुभूति गर्न सकिने बताए ।

आफू प्रधानमन्त्री भइसकेपछिको एक वर्षमा देशको आर्थिक समृद्धि, शुशासन र आर्थिक पारदर्शिता लगायतका कुरामा धेरै नै परिवर्तन भएको दाबी गरे । आउदाँ वर्षमा देशमा अझै परिवर्तन देखिने उनले बताए । ‘यो वर्ष सर्वाधिक विकास भएको छ, आउदाँ वर्षमा गियर बदलेजस्तै गरेर दोब्बर, तेब्बर परिवर्तन हुनेछ, उनले भने, ‘यहि देखेर छटपटिएका छन् ।’

सरकारले राम्रो काम गरेपछि जनतामा भ्रम सिर्जना गर्ने कोशिस भइरहेको उनले बताए । शान्ति, एकता, राष्ट्रिय सवलताको बाटो हुँदै जनताले चाहेको बाटोतर्फ हिडिरहेकाले सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सफलताका साथ संचालन भइरहेको बताए ।

कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले देशका आधाभन्दा बढी जनता इन्टरनेटको पहुँचबाट टाढा भएकाले इन्टरनेटसँगको पहुँचसँग जोड्न ‘ब्याकबोन’ परियोजना संचालन गरिएको बताए । ‘सूचना प्रविधिले ज्ञान, सीप, एकता, घृणा पनि पैदा गर्दछ’, उनले भने, ‘यो सेवाले जनताहरुको जीवनस्तर नै परिवर्तन हुनेछ ।’

२०७६ जेठ ६ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: