Thu. Apr 18th, 2024

सिद्धलेक गाउँपालिकाको ७ ठाउँमा डिप बोरिङ

फाइल फोटो


१४ जेठ, धादिङ –


सिद्धलेक गाउँपालिकाका जनतालाई खानेपानीको सहज उपलब्धता पु¥याउन ७ वटा ठाउँमा डिप बोरिङ गरिएको छ ।

फाइल फोटो

एक घर एक धाराका रुपमा डिप बोरिङ मार्फत प्रत्येक जनताका घरघरमा धारा पु¥याई खानेपानीको सहज उपलब्धता दिलाउने उद्देश्य सहित अगाडि बढिएको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताए ।

सुख्खा डाडाँ तथा पानीको मुहान सुकेर काकाकुल हुनु परेको ठाउँहरुमा डिप बोरिङ मार्फत घरघरमा खानेपानी पु¥याइएको छ । गाउँपालिकाको काम्राङ, मुलाबारी, डुमीडाँडा, ढल्केपीपल, डम्मैडाँडा, इर्जुडाँडा र ढाडीमा डीप बोरिङ खनिएको सिलवालले जानकारी दिए । अन्य ठाउँहरुमा पनि माग र आवश्यकता अनुसार खनिने उनले बताए ।

खानेपानीको अभाव भएपछि घण्टौँ धाएर खोला, कुवा र खोल्सी चाहर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले यो अभियान ल्याएको हो । अब गाउँमा खानेपानी हाहाकार नहुने गाउँपालिकाले जनाएको छ ।

सुख्खा ठाउँमा डिप बोरिङ खनिएको छ भने, गाउँसम्म रिजभ ट्याङकी निर्माण गएिको छ । प्रत्येक स्थानीयको घरघरमा धारा समेत पुगेको छ । घरमै खानेपानीको सुविधा पुगेपछि घरायासी काम, सरसफाई र बस्तुभाउलाई समेत पानी पु¥याउन सहज भएको स्थानीयका भनाई छ ।

२०७६ जेठ १४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: