Mon. Jun 24th, 2024

बोल्न सक्नेलाई राहत, नसक्नेलाई आहात

1

धादिङ -अर्काको घरमा बसेर लुगा सिलाउँथे, त्यै पनि भत्कियो, छोराहरु पनि पहिले नै छुट्टिए, वास्ता गर्दैनन्, एउटा ओडाउ पाउँछुकी भनेर दिन दिनै आउँछु अहिलेसम्म पाएको छैन । सदरमुकाम धादिङबेसीको राहत वितरण केन्द्रको गेटमा भेटिनुभएका बृद्धको दुखेसो हो यो ।

धादिङको निलकण्ठ नगरपालिका साखुका गोपिलाल नेपाली बस्दै आएको घर विनासकारी भुकम्पले ध्वस्त भयो । उमेरले ७५ नाघेका गोपिलाल र उहाँको श्रीमती माइली दमीनीको अहिले विचल्ली भएको छ । घर भत्किेर बस्न नहुने भएकाहरुले पाल पाउँछ रे भन्ने सुनेका गोपिलाल दिन दिनै राहत वितरण केन्द्रमा राहत लिन आउँनुहुन्छ । तर अहिलेसम्म एक पोका नुन समेत नपाएको पोपिलाल बताउनुहुन्छ । गाडीका गाडी लोड भएको दाल चामल र हेलिकप्टर हेरेर साँझ फर्कनु पोलिलालको दैनिकी जस्तै बनेको छ ।
दिन दिनै आउछु कहिले तल जा भन्छ, कहिले सिडिओ भएको ठाउँमा जा भन्छ, यताउता गर्दैमा दिन जान्छ । बेलुका फर्केपछि रोडको छेउतिर बस्छु । एउटा पाल पाएदेखि ओत लाग्ने ठाउँ बनाउन हुन्थ्यो । अरुले त लगिराछन् मलाई त कसैले पनि दिदैनन्, बोल्न नजानेर होकी थाहै भएन, गोपिलाले आफ्नो दैनिकी सुनाउनुभयो । अर्काको घरमा बसेको मान्छे, गाउँमा बाडेको बेला पनि बाठाटाडाले दिदैनन्, सुकुम्बासी भएर होला कोहीले वास्ता गर्दैनन् । गोपिलाल एउटा प्रतिनिधि हुन् । निलकण्ठ नगरपालिकामा मात्रै यस्ता धेरै परिवारको विचल्ली भएको छ । गाउँमा पुगेको राहत पनि बाठा टाठाले लान्छन्, हामी बोल्न नसक्नेलाई कोहीले पनि दिदैनन् भन्नेहरु प्रसस्तै भेटिन्छन् । उसो त धादिङबेसीकै राहत वितरण केन्द्रहरुमा राहत दिनुस् भन्न आउने बृद्धबृद्धा र महिलाहरुको घुइचो लाग्छ । तर बोल्न सक्ने र कुरा मिलाउन जान्नेले लैजाने गरेका छन्, मिलाएर बोल्न नजान्ने खाली हात फर्कन्छन् । विकटका वस्तीहरुलाई प्राथमिकतामा राखेर राहत वितरण भैरहँदा नगरपालिका र बजार आसपासका भुकम्प पीडितहरुको विचल्लीमा प्रशासनले ध्यान नसकिरहेको गुनासो गर्नेहरु बढ्न थालेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: