Thu. Oct 17th, 2019

अमेरिकाको भर्जिनियामा अन्धाधुन्ध गोली प्रहार, ११ जनाको ज्यान गयो


१८ जेठ, अमेरिका –


अमेरिकाको भर्जिनियामा गोली चलेको छ । अहिलेसम्म प्राप्त जानकारीअनुसार कम्तीमा ११ जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार भर्जिनियामा रहेको एक सरकारी कार्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली हानेका हुन् । स्थानीय प्रहरीका अनुसार गोली हान्ने संदिग्ध व्यक्ति भर्जिनिया म्यूनिसिपल सेन्टरका कर्मचारी रहेका छन् ।

प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी मारिएका छन् । तर उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । घटनामा एक प्रहरी पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार घटना शुक्रबार बेलुका भएको हो । भर्जिनिया बिचका मेयर बबी डायले यो शहरकै इतिहासको ‘सबैभन्दा त्रासदीपूर्ण घटना’ भएको बताएका छन् ।


२०७६ जेठ १८ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: