Fri. Apr 19th, 2024

नेशनल प्याब्सनको चित्रकला प्रतियोगीता सम्पन्न

२२ जेठ, धादिङ
निजि विद्यालयहरुको संगठन नेशनल प्याब्सन धादिङको आयोजनामा जिल्लास्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । धादिङ जिल्लाभरका ११ विद्यालयहरु सहभागी प्रतियोगीता धादिङ बोर्डिङमा आयोजना गरिएको थियो ।

प्रतियोगीतामा Best Theme विधामा New Kibou Boarding School का हिमाल केसि र Swornim Academy कि अनुशा अधिकारी, Best Colouring विधामा ljwfdf New Dhading Boarding School का सक्षम श्रेष्ठ र Dhading Boarding School कि नन्दिता श्रेष्ठ, Best Clarity विधामा Milan Balbaatika Boarding School का समर बिक र Sunrise English Boarding school कि प्रतिका भुजेल, Best Scene विधामा Sunrise English Boarding school का आयुश भण्डारी र Dibya Jyoti Boarding School कि सुमिना शाक्य र Best Reality विधामा Dhading Boarding School का बिबेक लामा र Golden Future Academy कि पार्बती श्रेष्ठ पुरस्कृत भएको नेशनल प्याब्सन धादिङका सचिब प्रयास रेग्मिले जानकारी दिए ।

बिजेताहरुलाइ कार्यक्रमका सभापती, प्रमुख अतिथी, विशिष्ट अतिथी लगायतले प्रमाणपत्र र मेडलद्वारा पुरस्कृस्त गरेका थिए । पुरस्कार वितरण समारोहमा बौल्दै शिक्षा विकास तथा समन्वय इकाइ धादिङका अधिकृत एवं कार्यक्रममा प्रमुख अतिथि कृष्ण कुमार श्रेष्ठले विभिन्न शैक्षिक सस्थाहरुले चित्रकला प्रतियोगितालाइ बेवास्ता गरिरहेको सन्दर्भमा पनि नेशनल प्याब्सन धादिङले आफ्नो शैक्षिक कार्यपात्रोमा निरन्तर चित्रकला प्रतियोगितालाइ समाबेश गरि जिल्ला स्तरिय प्रतियोगिता सन्चालान गरिरहेकोमा आभार ब्यक्त गरे ।

साथै नेशनल प्याब्सन धादिङका अध्यक्ष काशीनाथ कोइरालाले बिद्यार्थिहरुको सर्बाङिगण बिकाशका लागि आगामी दिनहरुमा पनि यस्ता विभिन्न कार्यक्रमहरु आयोजना गरिने र सबैको सदस्य विद्यालयहरुलाइ सक्रिय सहभागीता जनाउन आब्हान गरे ।

About The Author

Loading...

अन्य समाचारहरु: