Fri. Mar 29th, 2024

नेपाली काङग्रेस धादिङको जागरण अभियान सकियो, काङग्रेस कमजोर नरहेको पौडेलको भनाइ

२५ जेठ, धादिङ
नेपाली काँङग्रेका केन्द्रिय सदस्य एवं जागरण अभियानका लागि धादिङ जिल्लाका केन्द्रिय प्रतिनिधि प्रदीप पौडेलले गएको निर्वाचनमा गणितिय हिसावका पराजित भएपनि नेपाल काङग्रेस शान्ति, विकास र समृद्धिको मुद्धामा कमजोर नबनेको बताएका छन् ।

हिमाल पहाड तराइ मधेश ः नेपाली काङग्रेस नाराका साथ १ महिनाभर चलेको पहिलो चरणको जागरण अभियानको समापन समारोहलाइ सम्वाधन गर्दै नेता पौडेलले बर्तमान कम्युनिष्ट सरकारले काङग्रेस सकिएको भनेर हल्ला फिजाएपनि नेपाली काङग्रेसको एजेण्डा र अभियानले नै काङग्रेस बलियो रहेको दावी गरेका छन् ।

नेपाली काङग्रेसकै नेतृत्वमा देशमा शान्ति स्थापना गरि संविधान जारी भएपश्चात भएको निर्वाचनमा दुइ कम्युनिष्ट भन्नेहरुको गठबन्धनका कारण गणितिय हिसावमा पराजित भएपनि आफ्नो एजेण्डा र राष्ट्रको सम्वृद्धि अभियानमा बाम गठबन्धन भन्दा काङग्रेस नै अघि रहेको दावी गरे ।

निर्वाचन जितेर पनि जनतको लागि कुनै लोकप्रिय काम गर्न नसकेको र यही सकारका पालामा ठुला ठुला भ्रष्टाचार र घोटाला काण्ड मच्चिनुले गर्दा पनि कम्युनिष्टले देश बनाउन नचाहेको पुष्टि हुने नेता पौडेलले ठोकुवा गरे । पौडेले भने, ‘झण्डै झण्डै दुइ तिहाइ बहुमतको सरकार छ, किन लोकप्रिय काम गर्न सक्दैन बर्तमान सरकार ? सरकारको कामममा प्रतिपक्षीले अवरोध नगर्दा पनि आन्तरिक कलह र भ्रष्टाचारमा डुवेकाले केही काम गर्न नसकेको हो ।’

निवार्चन पछि नेपाली काङग्रेसका कार्यकर्ताहरुमा उत्साह बढाउन र बर्तमान सरकारको जनविरोधी कामहरुलाइ भण्डाफोर गर्नको लागि जागरण अभियान सफल भएको पनि दावी गरे । धादिङ जिल्लाका १ सय ४ वटै वडामा काङग्रेसको छाँया सरकार बनेकाले सरकारका तल्लो तहले गर्ने हरेक क्रियाकलापलाइ नेपाली काङग्रेस सुक्ष्म अध्ययन गरिरहेकाले सचेत भएर काम गर्न नेता पौडेलले चेतावनी दिए ।

कार्यक्रममा सम्वोधन गर्दै नेपाली काङग्रेस धादिङका नेताहरु दिलमान पाख्रिन, रामनाथ अधिकारी, भीम प्रसाद ढुङगाना, विश्व अर्याल, राजन बराइली लगायतका नेताहरुले बर्तमान सरकार काङग्रेसका नेता कार्यकर्ताहरुलाइ झुटो मुद्धा लगाएर फसाउन उद्धत रहेको आरोप लगाए । केही दिन अघि नेपाल तरुण दल धादिङका उपाध्यक्ष राधे भण्डारी पक्राउ गरेको तर्फ लक्षित गर्दै पुर्व सभापति रामनाथ अधिकारीले भने, ‘नेपाली काङग्रेसको विचार र आस्था बोक्ने नेताकार्यकर्ताहरुलाइ किर्ते कागजात बनाएर फसाउन लागिएको छ ।’ निर्दोष र घटनामा सलग्न हुदै नभएका भण्डारीलाइ तत्काल रिहा गर्न नेता अधिकारीले चेतावनी दिए ।

कार्यक्रममा बोल्दै धादिङका काङग्रेसका सभापति रमेश प्रसाद धमलाले पहिलो चरणको जागरण अभियान सफलता पुर्वक सकिएको बताए । नेपाली काङग्रेसले लिएको निति अनुसार कार्यकर्ताहरुमाझ उत्साह भर्न र बर्तमान सरकारको भ्रष्टाचार, घोटाला र जनविरोधी हर्कतहरु गाउँ गाउँसम्म पु¥याउन जागरण अभियान सफल भएको बताए । अव दोस्रो चरणको अभियान केही समयमा सुरु हुने भएकाले नेता कार्यकर्ताहरुलाइ तयारी अवस्थामा रहन पनि धमलाले निर्देशन दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: