Thu. Nov 14th, 2019

प्रथम मेयर कप भलिबलको उपाधि पञ्चकन्या र धादिङबोर्डिङलाई

२६ जेठ, धादिङ –

जिल्ला सदरमुकाम धादिङवेशीमा जारी प्रथम मेयर कप छात्रछात्रा भलिवलको उपाधि क्रमशः धादिङबोर्डिङ उच्च माद्यमिक विद्यालय र पञ्चकन्या माद्यमिक विद्यालयले हात पारेको छ ।
नीलकण्ठ नगरपालिकाको आयोजनामा तथा न्यु किवो बोर्डिङ स्कुलको ब्यवस्थापनमा पहिलो पटक आयोजना गरिएको भलिवलमा छात्र तर्फ वडा नं ३ मा रहेको धादिङ बोर्डिङ प्रथम भएको हो भने छात्रा तर्फ वडरा नं ५ मा रहेको पञ्चकन्या प्रथम भएको हो ।

पञ्चकन्याले वडा नं ३ कै एड्भान्स एकेडेमीलाइ फाइनलमा हराएर उपाधीमाथी कब्जा जमाएको हो । २५–२१ र २५–१५ ले लगातार दुइ सेट जितेको पञ्चकन्या माविले तेस्रो सेट २३–२५ ले गुमाएको थियो । चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै पञ्चकन्या माद्यमिक विद्यालयले नगद ४० हजार राशीको प्रथम पुरस्कारमा कब्जा जमाएको हो । पञ्चकन्या ३ साता अघि सम्पन्न भएको प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पनि प्रथम भएको थियो ।

त्यस्तै छात्रतर्फ वडा नं ३ मा रहेको धादिङ बोर्डिङ स्कुलले वडा नं १२ को पशुपती माद्यमिक विद्यालयलाइ पराजित गर्दै प्रथम भएको हो । २५–२०, २५–१५ र २५–१४ को सोझो सेटमा पराजित गर्दै धादिङ बोर्डिङ ४० हजार राशीको प्रथम पुरस्कार हात पार्न सफल भएको हो । केही साता अघि भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रथम भएको एड्भान्स एकेडेमी भने सेमिफाइनलबाटै बाहिरिएको थियो ।

नगरपालिका क्षेत्रभित्रका १८ वर्षमुनिका विद्यार्थीहरु सहभागी हुन पाउने गरि आयोजना गरिएको प्रतियोगीतामा छात्रातर्फ ७ विद्यालय र छात्रतर्फ १५ विद्यालय सहभागी भएका थिए ।
त्यसैगरि मेयर कप अन्तरगत नै खुल्ला फुटवल प्रतियोगीता भने जारी रहेको छ । देशभरका जुनसुकै फुटवल क्लव सहभागी हुन पाउने गरि आयोजना गरिएको प्रतियोगीतामा २० टिम सहभागी भएको र आइतवार सम्म सेमिफाइन समिकरण पुरा भएको प्रतियोगीताका संयोजक विकास कोइरालाले जानकारी दिए ।

२०७६ जेठ २६ गते प्रकाशित

Loading...