Tue. May 21st, 2024

‘ओस्प्रे’ आउँदा जे देखिन्छ…. (फोटो सहित)

शंकर श्रेष्ठ, धादिङ – 

1
गुनुनुनु.. आवाज कानमा पर्छ । रुखका हाँगाहरु हल्लिन्छन् । केही हाँगा भाँचिन्छन् पनि । बुङ्बुङ्ती धुलो हुन्छन् । मान्छेहरु दौडादौड चल्न थाल्छ । कोही त्रिपालमुनी लुक्छन् । कोही गाडीभित्र बस्छन् । विजुलीको लाइन काटिन्छ । अमेरिकन विमान ‘ओस्प्रे’ आउँदा देखिने गतिविधि हो यो ।
हेलिकप्टर सामान्य रुपमा लिँदै आएका मानिसहरुलाई अमेरिकन विमान ओस्प्रेले कतिलाई त आतंकीत नै बनाएको छ ।

Ospre 4.psd

यो विमान अमेरीकाबाट भुकम्प पिडितहरुको उद्धारको निम्ती आएको हो । सैनिकहरुले समुन्द्र र हवाई लडाईमा अत्याधिक प्रयोग गर्ने ओस्प्रे विमान पहिलो पटक नेपालमा आएको हो । छोटो दुरीको रनवे स्टल र भर्टीकल अवतरण गर्ने क्षमताका यो विमानले आकसमै एयर टु एयर फिउलिङ गर्न सक्छ ।

Ospre 5.psd
भुकम्पका धक्का महसुस गरिरहेका मानिसहरु ओस्प्रे विमान आउँदा तर्सिने गरेका छन् । राहतको प्रतिक्षामा बसिरहेका भुकम्प पिडितहरुको भिडलाई समेत तितरवितर पार्ने गरेको छ । सदरमुकाम धादिङवेशीमा रहेको खुल्ला मञ्च हिजोआज एयरपोर्ट जस्तै बनेको छ । दिनहुँ १५÷२० को हाराहारीमा हेलिकप्टरहरु राहतको लागी आउने जाने गर्दछ ।

Ospre 9.psdOspre 10.psdOspre 8.psd

 

 

About The Author

Loading...

अन्य समाचारहरु: