Mon. Aug 26th, 2019

विशालटारमा बालविवाह विरुद्ध नाटक प्रस्तुत

३१ जेठ, धादिङ –

धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित चन्द्रोय मा.वि विशालटारमा बालविवाह विरुद्ध नाटक प्रस्तुत गरिएको छ । चन्द्रोदय मा.वि, सहयात्री समाज नेपाल र केयर नेपालको साझेदारीमा संचालित सेफ जस्टिस परियोजनाको आयोजनामा बालविवाह विरुद्ध नाटक तथा कानुनी परामर्श कार्यक्रम आयोजना गरिएको हो ।

नाटकमा विद्यार्थी कलाकारहरुले सानो उमेरमा विवाह गर्दा र सानो उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको जिवनमा हुने जोखिमका साथै ज्यान गएको, सानो उमेरमा विवाह गरेकी वालिकामाथि विभिन्न खालका शृृखलाबद्ध हिंसालाई दर्शाएका थिए । नाटक पश्चात सहयात्री समाज नेपालको कार्यकारी निर्देशक तथा अधिवक्त राधिका सापकोटाले वालविवाह विरुद्ध कानुनी व्यवस्थाका बारेमा स्पष्ट पारेकी थिइन् ।

प्रदेश नं ३ को प्रदेश सरकारले सन् २०७८ सम्ममा प्रदेश नं ३ लाई बालविवाह मुक्त जिल्लाको रुपमा घोषणा गर्ने लक्ष्य लिएको छ र प्रतिवद्दत्ता समेत जनाएको छ । सरकारी एक अनुसन्धानका अनुसार धादिङ जिल्ला प्रदेश नं ३ मा मकवानपुर पछिको वालविवाह धेरै हुने जिल्ला भित्र पर्दछ ।

२०७६ जेठ ३१ गते प्रकाशित

Loading...