Fri. Mar 29th, 2024

सिद्धलेकका किसानलाई बाख्रा र उन्नतजातको बोका सहयोग

१ असार, धादिङ –

धादिङको सिद्धलेक गाउँपालिकाका किसानलाई बाख्रा र बोका उपहार प्रदान गएिको छ । सिद्धलेक गाउँपालिका वडा नम्बर ६ को खरमटार हटिया र वडा नं ७ को अमिलिछाप, पिपलटारमा १ सय ८४ वटा बाख्रा र १६ वटा उन्नतजातको बोका उपहार प्रदान गरिएको हो ।

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ र हेफर ईन्टरनेशनल नेपाल ,सिद्धलेक गाउँपालिको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत वितरण गरिएको प्रयास नेपालका कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिईन् । दुई ठाउँका ४ वटा मुल समुहमा १ सय ८४ बाख्रा वितरण गरिएको उनले बताइन् ।

कुन्नेश्वरी, अमिलिछाप, मङकाली जनचेतना स्वाबलम्बी महिला समुहका सदस्यहरुलाई २र२ओटा बाख्रा वितरण गरेको हो । यसै गरि ४ मुल र १२ वटा उपहार समुहमा १र१ उन्नत जातको बोका समेत उपहार प्रदान गरिएको छ ।

कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, ६ नम्बरका वडा अध्यक्ष टिका प्रसाद थपलिया र ७ नम्बरका वडा अध्यक्ष लक्ष्मण प्रसाद खतिवडाले महिलाहरुलाई आयआर्जनमा टेवा पु¥याई आर्थिकस्तर वृद्धि गर्न सघाउ पुग्ने बताएका छन् ।

कार्यकममा आफूहरुले पाएको उपहारलाई सहि सदुपयोग गर्ने र कार्यक्रम संचालनपछि समुदायमा सामाजिक एकता भावना वृद्धि भएको समूहका सदस्यहरुले बताएका छन् । सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत १२ वटा मुल समूह र ४७ वटा उपहार समूह गठन, सीप तथा क्षमता विकास र व्यवसायिक बाख्रापालन, नश्ल सुधार, सुधारिएको खोर निर्माण र घाँस खेती बिस्तार जस्ता कार्य हुँदै आएको प्रयास नेपाल धादिङले जनाएको छ ।

२०७६ असार १ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: