Fri. Mar 29th, 2024

नेत्रावतीमा खानेपानी मुहानको पानी परीक्षण


१ असार, धादिङ –


धादिङको नेत्रावती डबजोङ गाउँपालिका भित्र रहेको खानेपानीको मुहान परिक्षण गरिएको छ । बर्षा लागेसँगै खानेपानीको मुहान फोहोर हुने, पहिरो जाने तथा लेदो बग्ने समस्या देखिन सक्ने समस्यालाई मध्यनजर गर्दै मुहानको परीक्षण गरिएको हो । पानीकै कारण स्थानीयमा स्वास्थ्य समस्या नदेखियोस् भन्ने उद्देश्यले स्थानीयबासी कै सक्रियतामा परिक्षण अभियान थालिएको गाउँपालिकाले जनाएको छ ।

कटुञ्जे स्वास्थ्य चौकीबाट सुरु गरि मार्पाक स्वास्थ्य चौकीमा पुगेर सकाइएको छ । नेत्रावती गाउँपालिकाभित्र पर्ने साविकको मार्पाकमा १४ वटा पानीको मुहानको परीक्षण गरीएको छ । यसैगरी सेमजोङको १० वटा र कटुञ्जेमा रहेको १६ वटा पानीको मुहान परिक्षण गरिएको गाउँपालिकाका स्वाथ्य संयोजक कृष्ण बद्री पौड्यालले जानकारी दिए ।

पानी जन्य रोगबाट बच्न र पूर्व तयारीका लागि परीक्षण कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य संयोजक पौडेलले बताए । कार्यक्रममा शुद्ध पानी बनाउने विधिहरुको बारेमा स्थानीयहरुलाई जानकारी गराईएको थियो । उमाल्ने विधि, छान्ने विधि, रासायनिक शुद्धिकरणको विधि, सोडिसको प्रयोग गर्ने विधि लगायतको बारेमा जानकारी गराईएको उनले जानकारी दिए ।

मुहानको पानी जिल्ला अस्पताल धादिङका ल्याब टेक्निसियन नवराज अधिकारीले जाँच गरेका हुन् । पानीमा रहेको तापक्रम, अम्लियन पन, क्षारीयपन, जाँच भाईरस र व्याक्टेरीको जाँच गरिएको छ । परीक्षण गरिएको पानीको रिपोर्ट भने केही दिनमा आउने उनले बताए ।

२०७६ असार १ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: