Fri. Mar 29th, 2024

धादिङका स्थानीय तहद्धारा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

४ असार, धादिङ –


धादिङका विभिन्न स्थानीय तहहरुद्धारा आगामी असार १० गते प्रस्तुत गरि नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरिएको छ ।

जिल्लाको नीलकण्ठ नगरपालिका, गजुरी गाउँपालिकाले छलफल कार्यक्रमको नै आयोजना गरेर सुझाव संकलन गरेका छन् । अन्य स्थानीय तहहरुले पनि छलफल कार्यक्रमको आयोजना गरिएको छ । केहीले सूचना जारी गरेर सुझाव संकलनका लागि आग्रह गरेका छन् ।

आगामी नीति तथा कार्यक्रममा स्थानीयहरुले शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक, सामाजिक, महिला शसक्तिकरण, अपांगता भएकाहरुका लागि कार्यक्रम समावेश गर्नका लागि माग गरेका छन् । नीलकण्ठ नगरबासीले नगरभित्रको स्वास्थ्य, सरसफाई तथा विकास निर्माणका पक्षलाई जोड दिएर जनताका पक्षमा नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

दुई नगरपालिका सहित १३ वटा स्थानीय तह रहेको धादिङ जिल्लाका स्थानीय तहले असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन् । जसका कारण बस्तीस्तर, वडास्तर हुँदै समुदायका राय सुझावहरु संकलन गरिरहेको छ ।

२०७६ असार ४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: