Thu. Jun 13th, 2024

स्नातक तह तेस्रो वर्षको परीक्षा स्थगित

TRIBHUWAN_UNIVERSITY_STORY_07
काठमाडौं –  मंगलबार आएको दोस्रो महाभूकम्पका कारण त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

आगामी जेठ १४ गतेदेखि निर्धारण गरिएको परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालय बल्खूले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय अबको परीक्षा हुनुभन्दा १५ दिनअघि सूचना निकाल्ने जनाएको छ ।

यसअघि उच्च माध्यमिक शिक्षा परिषदले पनि कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको थियो भने शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने भने पनि पनि जेठ १५ पछि संचनालन गर्ने जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: