Tue. Jul 16th, 2019

धादिङमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु, ६ जना घाईते

धादिङको बेनिघाट रोराङस्थित चरौदीमा भएको दुर्घटनामा च्यापिएका घाईतेको उद्धार गरिदै


५ असार, धादिङ –


धादिङमा विहिबार भएको छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १४ डाँडागाउँस्थित पाङग्रेखोलाको उकालोमा बोलेरो दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ ।

धादिङबेसीबाट सेमजोङ तर्फ जाँदै गरेको बा १ ज ६०२१ नम्बरको बोलेरो गाडी उकालोमा चढ्न नसकि पछाडि हट्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा नीलकण्ठ नगरपालिका वडा नं ३ सिम्लेगैरीका ३८ वर्षीय शेर बहादुर लामाको मृत्यु भएको छ । दुर्घटनामा घाईते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा अन्य चार जना घाईते भएका छन् ।

घाईते हुनेमा मृतक लामाको श्रीमती ३८ वर्षीय कान्छी लामा, नेत्रावती गाउँपालिका २ बस्ने २८ वर्षीय नरबहादुर तामाङ, उनका श्रीमती २६ वर्षीय निरमाया तामाङ र छोरी २ वर्षकी रेनिसा तामाङ घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

त्यस्तै पृथ्वी राजमार्ग अन्र्तगत बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ चरौदीमा दुईवटा ट्र एकआपसमा ठोक्किदाँ दुई जना घाईते भएका छन् । काठमाडौँ जाँदै गरेको ना ४ ख ६९७३ नम्बरको ट्रक र काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख १६९७ नम्बरको ट्रक एक आसपमा ठोक्किएको थियो । दुर्घटनामा चेपिएर नवलपरासीका गुरुदत्त अधिकारी र सोही ठाउँका विक्रम खाँण घाईते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

२०७६ असार ५ गते प्रकाशित

Loading...