Tue. Jul 16th, 2019

धादिङमा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सप्ताहव्यापी अभियान सुरु


५ असार, धादिङ –


धादिङमा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । ‘समृद्ध राष्ट्र निर्माणका लागि लागु औषध रहित स्वस्थ जीवन’ भन्ने मुल नाराका साथ लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्र्तराष्ट्रिय दिवसको अवसर पारेर अभियान सुरु गरिएको हो ।

अभियानको बिहिबार एक कार्यक्रमको आयोजना गरि नीलकण्ठ नगरपालिका मेयर भीमप्रसाद ढुङगानाले गरे । अभियानको शुभारम्भ गर्दै भविष्यमा योग्य नागरिक बन्न, लागु औषध दुरुपयोग र ओसारपसार रहित वातावरण भए मात्र समृद्ध नेपाल हुने उनले बताए ।

अभियान अन्र्तगत गाँजा अफिम खेती नष्ट अभियान सम्बन्धी स्थानीयसँग अन्र्तक्रिया, लागु औषध प्रयोगबाट हुने हामी र असरका बारेमा विद्यार्थीहरुसँग अन्र्तक्रिया, ¥याली तथा सचेतनामूलक कार्यक्रमको आयोजना गरिने अभियानका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको समन्वयमा अभियान सुरु गरिएको हो ।

मकवानपुरसँग सिमाना जोडिएको धादिङको दक्षिणी भेगको महाभारत क्षेत्रमा अवैध मानिने गाँजा, चरेस खेती हुँदै आइरहेको छ ।

जिल्लाबाट अत्यन्त धेरै लागु औषध ओसार पसार हुने र यसको मुख्य मार्गको रुपमा पृथ्वी राजमार्ग र धादिङका विभिन्न अन्य नाकाहरुलाई प्रयोग गर्ने गरेका छन् । जिल्लाको राजमार्ग क्षेत्र लागु ओसार पसारको मुख्य केन्द्रकै रुपमा परिचय बनाउदै आइरहेको छ । ग्रामीण भेगबाट ल्याइएको गाँजा राजधानी काठमाडौँ तथा भारतमा निर्यात हुने गर्दछ । जसको ट्रान्जिट प्वाइन्ट पृथ्वी राजमार्ग भएकाले पनि प्रहरीको निगरानी हुने गर्दछ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा ३२ केजी ८४० ग्राम गाँजा, २६४ केजी चरेश, २०७२/०७३ मा १२ केजी ४२० ग्राम गाँजा र ९५ केजी ३०० ग्राम चरेश, ०७३/०७४ मा १७ किलो ८०५ ग्राम गाँजा, ११७ किलो ५०० ग्राम चरेश प्रहरीले बरामद गरेको छ । त्यस्तै आव ०७४÷०७५ मा १९२ किलो ४७५ ग्राम गाँजा, ३३४ किलो ४४४ ग्राम चरेश र ०७५/०७६ को हालसम्म ११९१ किलो ८७९ ग्राम गाँजा, १०३१ किलो ८५ ग्राम चरेश बरामद गरिएको छ ।

२०७६ असार ५ गते प्रकाशित

Loading...