Fri. Mar 29th, 2024

धादिङको खनियावास गाउँपालिकास्थित कुरीमा तामाङ होमस्टे संचालन


६ असार, धादिङ –


धादिङ पर्यटकिय, सास्ंकृतिक, धार्मिक एवम् प्राकृतिक रुपमा प्रख्यात धादिङको खनियाबास गाउँपालिका वडा नं ४ स्थित कुरीमा तामाङ संस्कृतिलाई प्रवद्र्धन गर्ने उदेश्य सहित होमस्टे संचालनमा आएको छ ।

होमस्टेलाई व्यवस्थापन गर्न खनियावास गाउँपालिकामा तिन दिने आधारभुत होमस्टे तालिम सम्पन्न भएको छ । जेठ ३२ मा सुरु भएको तालिम असार २ मा सम्पन्न भएको गणेश हिमाल कम्युनिटि फाउन्डेसनका अध्यक्ष शिवहरी रिजालले बताए। तालिम कार्यक्रमको उद्घाटन गर्दै खनियावास गाउँपालिकाको अध्यक्ष रणबहादुर तामाङले ग्रामिण पर्यटनको विकासमा होमस्टेको सुरुवातले ठूलो सहयोग पुग्ने बताए।

४४ जना सहभागी रहेको तालिम कार्यक्रममा भुमराज तिवारीले सहजिकरण गरेका थिए। होमस्टेको लागि कुरी उपयुक्त गन्तव्य रहेको युवा पर्यटन व्यवसायी नवराज घिमिरेले बताए । कुरी होमस्टे धादिङ जिल्लाकै नमुना वनाउन आफुहरु लागिपरेको स्थानिय समाजसेवी रामेश्वर रिजालले बताए । खनियावास गाउँपालिकाकै पहिलो होमस्टेको रुपमा संचालनमा आएको होमस्टेमा तामाङ संस्कृति, रहनसहन, रीतिरिवाज लाई अनुभव गर्न सकिने कुरी सामुदायिक होमस्टेका अध्यक्ष सपना तामाङले बताए ।

तामाङ भाषामा कु भन्नाले भगवान वस्ने स्थल र री ले पवित्र क्षेत्रलाई जनाउँछ । कुरीबाट हालसम्म बसाई सरेर अन्यत्र कोही पनि नगएको स्थानिय केवी गुरुङले बताए । पुर्ननिमार्णपछि हरियो र रातो जस्ताको छाना हालिएको झुरुप्प मिलेर बसेको तामाङ वस्तीे गोरखा जिल्लाको वारपाक गाउँको झल्को दिने खालको छ । गणेश हिमाल तथा रुवी भ्याली जाने वाटोमा पर्ने कुरी गाउँ नजिकै तातोपानी कुण्ड अर्को आकर्षक गन्तव्य हो ।

कुरीमा रहेको ल्याक्चेकुण्डमा गणेश हिमालको दाँया प्रष्ट देख्न सकिन्छ । अधिकाशं भुभाग वनजंगलले ओगटेको कुरीमा केही वर्षदेखी मोटरवाटो पनि पुगिसकेको छ । विशाल विजुलुङ ढुङगामा साहसिक व्यतिहरुले चढ्न सक्छन । गाउँपालिकाले यसैवर्ष विजुलुङ ढुङगामा चढ्ने सिढि र वार लगाउने गाउँ पालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए ।


२०७६ असार ६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: