Fri. Dec 6th, 2024

उत्तरी धादिङका भूकम्प पीडितलाई शान्ति नेपालको राहत

11251677_10206680268184496_1632366157_n
धादिङ – उत्तरी धादिङको दर्खा गाउँ विकास समितिका भुकम्प प्रभावितहरुलाई शान्ति नेपालले राहत वितरण गरेको छ ।

भूकम्पमा परी घरबार विहिन भएका र अप्ठ्यारोमा परेकाहरुलाई चिउरा, चाउचाउ, दालमोठ सहित खाद्य सामाग्री वितरण गरेको हो । दार्खाका १३ सय ६५ घर परिवारलाई प्रतिघरधुरी २० किलो चिउरा, ८ किलो दालमोठ र एक काटुन चाउचाउ वितरण गरेको हो ।

शान्ति नेपालका कर्मचारी र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा एक साता लगाएर दार्खाका सबै वडाहरुमा राहत वितरण गरिएको शान्ति नेपालका उद्धव चेपाङले जानकारी दिनुभयो । घरबार विहिन बनेकाहरुले खाद्य सामाग्री पाएपछि खुसी भएका छन् ।

त्यस्तै देशमा गएको विनाशकारी भुकम्पमा परि घरबार गुमाउन पुगेका पिडितहरुको सहयोगार्थ इजरायलमा रहेका नेपालीहरु मिलेर संचालन गरेको भुकम्प पिडित सहयोग अभियानद्वारा धादिङ जिल्लाको नीलकन्ठ – ४ का अति प्रभावित गाँउहरु सिम्पानी र राम्चेमा राहत वितरण गरिएको छ ।

करीब ९९ प्रतिशत घरहरु ध्वस्त भएको सो भेगमा रहेका सम्पूर्ण कुल ७५ परिवारलाई खाद्य सामाग्री राहत वितरण गरिएको हो । स्थानीय समाजसेवी र युवाहरुको सहभागितामा राहत स्वरुप चामल, दाल,नुन,तेल,साबुन लगायतका अति आवश्यक सामाग्रीहरु वितरण गरिएको थियो ।

About The Author

अन्य समाचारहरु: