Tue. Jul 16th, 2019

लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङको अध्यक्षमा गैरे


८ असार, धादिङ –


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति धादिङको अध्यक्षमा कमला गैरे निर्वाचित भएकी छन् ।

जिल्लाको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौदीमा शनिबार सम्पन्न छैटौ अधिवेशनले गैरे अध्यक्ष रहने गरि २५ सदस्यीय जिल्ला समिति निर्विरोध चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा गणेश खनाल, महिला उपाध्यक्षमा मनमायाँ वाईवा र द्धितीय उपाध्यक्षमा प्रकाश विनायक, सचिवमा संगित सुवेदी, सहसचिवमा गोकर्ण लायमगर , कोषाध्यक्षमा रविन उपाध्यय र सहकोषध्यक्षमा सिताराम परियार चयन भएका छन् ।

२०७६ असार ८ गते प्रकाशित

Loading...