Tue. Jul 16th, 2019

बन्दले पृथ्वी राजमार्ग सुनसान


१० असार, धादिङ –


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण पृथ्वी राजमार्ग सुनसान बनेको छ । बन्दका कारण राजधानी प्रवेश गर्ने र राजधानी हुँदै पूर्व पश्चिम जाने सवारी साधन चल्न सकेको छैन ।

दैनिक दश हजार भन्दा बढी आवातजावत हुने राजमार्गमा छिट्टफुट्ट मात्रै सवारी साधन चलेको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले बताए । ‘अन्य समयमा भन्दा पातलो रुपमा सवारी साधन चलेको छ’, उनले भने, ‘बन्दले राजमार्ग सुनसान छ भने बजार पनि बन्द छ ।’ अरु दिनहरुमा ट्राफिक प्रहरीलाई राजमार्गमा सवारीसाधन व्यवस्थापनमा हम्मे पर्ने गरेको छ ।

बन्दको कारण सदरमुकाम धादिङबेसी पनि सुनसान बनेको छ । लामो तथा छोटो दुरीका सवारीसाधन, पसल, विद्यालय समेत बन्द छ । प्रहरीको गोली लागेर सर्लाहीका आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको ज्यान गएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो ।

२०७६ असार १० गते प्रकाशित

Loading...