Fri. Mar 29th, 2024

धादिङमा लेखा व्यवस्थापन तालिम सम्पन्न


१२ असार, धादिङ –


धादिङ जिल्लाका उद्यमी व्यवसायीहरुलाई लेखा प्रणाली, कर तथा भ्याटका बिषयमा आधारभूत जानकारी दिने उद्धेश्यले लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ ।

धादिङ उद्योग वाणिज्य संघ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आयोजना तथा नीलकण्ठ नगरपालिकाको सहयोगमा कर भ्याट तथा लेखा व्यवस्थापन सम्बन्धि पाँच दिने तालिम धादिङवेसीमा प्रदान गरिएको हो ।

तालिममा लेखाको परिभाषा, उद्धेश्य, कार्य र महत्व, लेखा प्रणाली, खाता व्यवस्थापन, मासिक आर्थिक प्रतिवेदन निर्माण, अन्तिम खाता व्यवस्थापन, कर व्यवस्थापन, सम्पत्ति विवरण, ह्रास विवरण, लेखापरीक्षण प्रतिवेदन विवरण, लगाएतका विषयहरु जानकारी गराइएको थियो ।
तालिमको एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ ।

नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान भरतपुरका कार्यालय प्रमुख रामचन्द्र सुवेदी, प्रशिक्षक लेखनाथ इटनी,धादिङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, उपाध्यक्षहरु राजाराम सिलवाल, रामकुमार शाह, महिला विष्णु श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि ढुंगानाले व्यवसायीहरु आफ्नो पेशा प्रति इमान्दार र सचेत हुनुपर्ने बताए । तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान समेत उनले व्यवसायीहरुलाई आग्रह गरे । कार्यक्रमा धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठले व्यवसायी आफै लेखा व्यवस्थापनमा दक्ष एवम् सचेत हुनुपर्ने बताए ।

समापन कार्यक्रमका अध्यक्ष एवम् धादिङ उद्योग वाणिज्य वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले आगामी दिनमा पनि यस्तै किसिमका कार्यक्रमहरु आयोजना गर्ने प्रतिवद्धता जनाए ।

२०७६ असार १२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: