Fri. Mar 29th, 2024

नाकामा तरकारी सड्यो बजारमा भाउ बढ्यो


१३ असार, काठमाडौँ –

तरकारी र फलफूलको नमुना सुनौलीबाट बोकेर काठमाडौं ल्याइन्छ, प्रयोगशालामा परीक्षण गरिन्छ र रिपोर्ट फेरि नाकामा पुर्‍याइन्छ ।

कम्तीमा तीन दिनसम्म तराईको ४२ डिग्री तापक्रममा ट्रकमा खाँदिएका तरकारी र फलफूलको हालत के हुन्छ रु नाकामा प्रयोगशाला खोइरु

विषादी परीक्षण नगरेको तरकारी र फलफूल आयातमा रोक, तर नाकामा न प्रयोगशाला छन् न कर्मचारी ।

विषादी परीक्षण नगरेका तरकारी र फलफूल आयातमा सरकारले रोक लगाएको छ । तर, नाकामा न प्रयोगशाला छन् न कर्मचारी । पछिल्लो एक सातामा तरकारी र फलफूल बोकेका १०३ ट्रक विभिन्न नाकामा रोकिएका छन् ।

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार सुनौली–भैरहवा नाकामा ५८, काँकडभिट्टामा १९, वीरगन्जमा १४, कैलाली र विराटनगरमा ६–६ ट्रक रोकिएका छन् । ‘विषादी परीक्षणका लागि भनेर भन्सार पास गरेका तरकारी र फलफूलका ट्रक रोकिएका छन्,’ उनले भने, ‘सरकारले पूर्वतयारीविनै विषादी परीक्षण गरेर मात्र तरकारी आयात गर्ने निर्णय गर्दा अहिले व्यवसायी मर्कामा परेका छन् । अहिलेको प्रचण्ड गर्मीमा ट्रकभित्र तीन–चार दिनसम्म खाँदिएको तरकारी र फलफूल आधी त कुहिएरै नास हुन्छ ।’

नाकामा रहेका तरकारीका केही कन्टेर भारततिरै फर्किएको उनले बताए । उनले भैरहवा, वीरगन्ज र काँकडभिट्टा नाकाबाट भित्रिन लागेका कन्टेनर फर्काएर करिब चार सय टन तरकारी भारतमै बिक्री गरेको बताए । व्यवसायीका अनुसार हाल भारतबाट आलु, प्याज, कागती, ठूलो गोलभेँडा, तितेकरेला, भेँडेखुर्सानी, काँक्रो, परबललगायत तरकारी आयात भएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा अजित अधिकारी र कृष्ण रिजालले लेखेका छन् ।

२०७६ असार १३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: