Mon. Aug 26th, 2019

नेपाल चेपाङ संघ धादिङको अध्यक्षमा भीमबहादुर चेपाङ निर्वाचित


१३ असार, धादिङ–


नेपाल चेपाङ संघ धादिङको अध्यक्षमा भीमबहादुर चेपाङ निर्वाचित भएका छन् । शुक्रबार धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित चरौदीमा सम्पन्न सातौँ अधिवेशनले चोपाङ अध्यक्ष रहनेगरी १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । चारजना पछि मनोनित गर्ने समितिले जनाएको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा विष्णुमाया चेपाङ, द्धितीय उपाध्यक्षमा मानबहादुर चेपाङ, सचिवमा कृष्णबहादुर चेपाङ, कोषाध्यक्षमा लालबहादुर चेपाङ, सहसचिवमा दिलबहादुर चेपाङ निर्वाचित भएका छन् ।

टेकबहादुर चेपाङको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रको कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्व संविधान सभा सदस्य गोबिन्द्रराम चेपाङ, तीन नम्बर प्रदेश सभाका सदस्य सन्तबहादुर चेपाङ लगायतको सहभागीता रहेको थियो ।

धादिङको दक्षिणी भेगको बेनिघाट रोराङ, गजुरी गाउँपालिकामा चेपाङ जातीको बसोबास रहेको छ । जिल्लाभर दुई हजार सात सय ८४ घरधुरीमा १८ हजार तीन सय ५० जना चेपाङहरुको बसोबास रहेको पत्रकार उद्धव चेपाङले जानकारी दिए ।

२०७६ असार १३ गते प्रकाशित

Loading...