Mon. Aug 26th, 2019

धादिङमा बस र दुई माइक्रो ठोक्किँदा दुईको मृत्यु, २५ घाइते

१५ असार, धादिङ –

धादिङको बेनिघाट रोराङ गाउँपालिका कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ घाइते भएका छन्।

आइतबार काठमाडौंबाट चितवनतर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस, चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ख १००४ नम्बरको माइक्रो र बा २ ख ४५६७ नम्बरको माइक्रो ठोक्किँदा धादिङ महादेवस्थान ८ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र अर्की एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले जानकारी दिए ।

मृतक दुबैको शव गजुरी अस्पतालमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काका अनुसार दुर्घटनामा घाइते १८ जनालाई काठमाडौं रिफर गरिएको छ ।

अन्य सातजनाको गजुरी अस्पताल र दुईजनाको चरौदीमा उपचार भइरहेको छ । सामान्य उपचारपछि तीनजना घर फर्किएका छन् ।

प्रहरी चौकी जोगिमाराले बा ३ ख १००४ नम्बरको चालक नवलपरासी मध्यबिन्दु नगरपालिका ७ का २७ वर्षीय रबिन खड्कालाई नियन्त्रणमा लिएको छ ।


२०७६ असार १५ गते प्रकाशित

Loading...