Fri. Mar 29th, 2024

धादिङको ज्वालामुखीमा ट्रक दुर्घटना हुदाँ एकजनाको मृत्यु, तीन घाईते


१९ असार, धादिङ –


धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ मा काउले डाँडामा विहिबार दिउँसो मिनि ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । दुर्घटनामा ज्वालामुखी गाउँपालिका वडा नं ६ बस्ने ३६ वर्षीय कृष्ण रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ ।

धादिङबेसीबाट ज्वालामुखीको ढकाल गाउँतर्फ जाँदै गरेको बा २ ख ९७५० नम्बरको सिमेन्ट लोड भएको स्वराज ट्रक दुर्घटना भएको हो । उकालो चढ्ने क्रममा अचानक ब्रेक फेल भई स्वराज ट्रक व्याक हुन पुगि सडक छेउको भित्तामा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ज्वालामुखी गाउँपालिका वडा नं ६ बस्ने २२ वर्षीय बिनु सुनार, उनकी दुई वर्षीय छोरी कपिज सुनार र ट्रकका चालक सोही ठाउँका २५ वर्षीय दिवाकर ढकाल घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

२०७६ असार १९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: