Tue. Sep 17th, 2019

धादिङको बेनिघाट रोराङ गाउँपालिकाका वडा सदस्य गोली लागि गम्भीर घाईते


१९ असार, धादिङ –


धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ८ का वडा सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ । बेनिघाट रोराङको गोठीभञ्ज्याङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको बेला चेपाङमाथि गोली प्रहार भएको हो ।

टाउकोमा गोली लागेर गम्भीर घाइते भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको लागि राखिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिए ।

गोली लागेर गम्भीर घाइते भएका चेपाङलाइ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी आँफैले उपचारको लागि काठमाण्डौ लगेका थिए । घाइतेको अवस्था चिन्ताजनक रहेको अध्यक्ष डल्लाकोटीले बताएका छन् ।

रामजीलाई चितवनको राप्ती नगरपालिका वडा नं १३ गाम्दा निवासी इन्द्रबहादुर चेपाङले गोली हानेको परिवारजनले आरोप लगाएका छ्न् । दुई महिनाअघि गाम्दामा सञ्चालित कुमार चेपाङ छात्राबासमा बस्ने २ जना चेपाङ किशोरीलाई बलात्कार प्रयास गरेपछि मुद्दा लागेर फरार रहेका इन्द्रले नै २ नाले भरुवा बन्दुकले गोली प्रहार गरेको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

बलात्कार मुद्दामा आफूलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको रिसइबीमा गोली हानेको हुन सक्ने परिवारजनले बताएका छ्न् । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

२०७६ असार १९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: