Thu. Sep 19th, 2019

कविता प्रतियोगीतामा नीलकण्ठका विजय प्रथम


२१ असार, धादिङ–


क्याम्पस स्तरीय जिल्लाब्यापी खुल्ला कविता प्रतियोगीतामा नीलकण्ठ बहुमुखी क्याम्पस धादिङवेशीका विजय तामाङ प्रथम भएका छन् ।

गजुरी स्थित आदर्श बहुमुखी क्याम्पस गजुरीको नेपाली भाषा शिक्षण विभाग तथा अतिरिक्त क्रियाकलाप विभाग को आयोजना तथा गजुरी गाउँपालिकाको सहयोगमा आयोजना गरिएको प्रतियोगीतामा आदर्श बहुमुखी क्याम्पसकी साम्भवी थापा दितीय र सल्यानटार बहुमुखी क्याम्पसकी शोभा गिरी तृतीय भएकी थिइन् । त्यस्तै आदर्श बहुमुखी क्याम्पसकी सत्यवती पाण्डेले सान्त्वना पुरस्कार प्राप्त गरेको थिइन् ।

प्रतियोगितामा ६ वटा सामुदायिक क्याम्पसहरुले सहभागिता जनाएका थिए । आदर्श बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तमदास श्रेष्ठको अध्यक्षतामा भएको सो प्रतियोगितमा हेम प्रभास र यात्री प्रकास पाण्डे निर्णायक रहेका थिए ।

कार्यक्रममा गजुरी गाउँ पालिकाका प्रमुख राजेन्द्र कुमार बस्नेत, उपप्रमुख सिता ढुंगाना, वडा नं १ क अध्यक्ष राजकुमार पण्डित, वडा नं ६ का अध्यक्ष अर्जुन भुजेल सहित साहित्यकार तथा समाजसेवीहरुको सहभागीता रहेको थियो ।

२०७६ असार २१ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: