Tue. Jul 16th, 2019

धादिङका साहित्यकार सृजना अर्याल अधिकारीको ‘सुनको पिंजडा’ कविता संग्रह विमोचन


२१ असार, धादिङ –


धादिङको साहित्यकार सृजना अर्याल अधिकारीको ‘सुनको पिंजडा’ कविता संग्रह विमोचन गरिएको छ ।

शनिबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि कार्यक्रमका प्रमुख अतिथि एवम् प्राध्यापक राजेन्द्र सुवेदीले संग्रहको विमोचन गरे । कविता संग्रहको विमोचन गर्दै उनले साहित्यिक क्षेत्रमा महिलाहरुको आगमनलाई खुसी व्यक्त गर्दै भाषा तथा शब्दमा विशेष ख्याल राख्नुपर्ने बताए । नेपाली भाषाले मात्रै साहित्यिक क्षेत्रको जगेर्ना गर्ने भएका कारण सबै साहित्यकारहरुले ध्यान पु¥याउनुपर्ने उनको भनाई थियो ।

साहित्यकार अधिकारीद्धारा लिखित सुनको पिंजडा कविता संग्रहमा बैदेशिक रोजगारको कारण परिवारमा आइपरेको विचलन र नारी मर्मको वर्तमान स्थितिको विषय उठान गरिएको छ । धादिङमा जन्मिएर साहित्य विद्यामा कलम चलाउँदै आएका अर्यालले यसअघि गजल संग्रह बजारमा ल्याएकी छन् । अधिकारी जनता पुस्तकालय धादिङकी उपाध्यक्ष समेत छिन् ।

जनता पुस्तकालय धादिङका अध्यक्ष देबी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक रामचन्द्र लंम्साल, प्राध्यापक लिलानाथ पौडेल, साहित्यकार डा. नविनबन्धु पहाडी, लगायत विभिन्न क्षेत्रका साहित्यकारहरुको आतिथ्यता रहेको थियो ।

२०७६ असार २१ गते प्रकाशित

Loading...