Fri. Oct 18th, 2019

मदन पुरस्कार २०७५ का लागि ७ कृति मनोनयनमा


२५ असार, काठमाडौँ –

मदन पुरस्कार-२०७५ का लागि सात वटा पुस्तक (कृति) मनोनयनमा परेका छन् ।

मदन पुरस्कार गुठीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मनोनयनमा परेका सात ओटा कृतिको नाम सार्वजनिक गरेको छ । गुठीमा प्राप्त भएका २५७ कृतिहरुबाट उत्कृष्ट सात कृति छानिएको हो ।

मनोनयनमा परेका कृतिहरुमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञु र छ’देन काविमोको ‘फातसुङ’ रहेका छन् ।

त्यस्तै महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ उत्कृष्ट सातमा अटाएका छन् ।

मनोनयनमा परेका यी सात वटा कृतिमध्ये एकलाई २०७५ सालको मदन पुरस्कार प्रदान गरिनेछ । मदन पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ ।

२०७६ असार २५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: