Thu. Jun 13th, 2024

भूकम्प पीडितलाई सहायता नेपालको जस्ता सहयोग

jasta
धादिङ – महाभूकम्पबाट पीडित बनेकाहरुलाई सहायता नेपालले १०० बन्डेल जस्ता वितरण गरेको छ ।

बैशाख १२ गते गएको भूकम्पबाट घरवारविहिन हुन पुगेका धादिङको सिम्ले गाविसको वडा नं २ ज्यामरुङका २०० घरधूरीलाई घर बनाउनका लागि जस्ता वितरण गरिएको हो । सहायता नेपालको सदस्य समेत रहनुभएका शंकर श्रेष्ठले अमेरिकाबाट त्यस क्षेत्रका लागि सहयोग गर्नुभएको हो ।

त्यस्तै हिमालय डेन्टल अर्थो सेन्टरले यसै क्षेत्रका स्थानीयहरुका लागि एक दिनको स्वास्थ्य शिविर सञ्चालन गरेको छ । भूकम्पपछि मानिसमा देखिएको मानसिक समस्या तथा झाडापखाला, हैजा साथै भूकम्पबाट घाइते बनेकाहरुको स्वास्थ्य जाँच गरिएको थियो । नेपाल उद्योमी फोरम व्यवसायीले पनि त्यसै क्षेत्रमा वाटर फिल्टर प्रदान गरेको इस्वित श्रेष्ठले जानकारी दिनुभएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: