Thu. Sep 19th, 2019

धादिङमा उपभोक्ता समितिको १२ लाख ८० हजार लुटेर समितिका सदस्य नै फरार


२५ असार, धादिङ –


धादिङमा उपभोक्ता समितिको १२ लाख ८० हजार रुपैया लुटेर समितिका सदस्य नै फरार भएका छन् । धादिङको खनियावास गाउँपालिका वडा नं २ झार्लाङको अक्थली–फ्याजा गाउँ सडक निर्माण उपभोक्ता समितिको पैसा बैङ्कबाट निकाल्ने वित्तिकै समितिकै सदस्य राम बहादुर तामाङले लुटेर फरार भएका हुन् । बुधबार दिउँसो धादिङबेसी स्थित राष्ट्रिय बाणिज्य बैकबाट पैसा छिकेपछि तामाङले लुटेको प्रहरीले जानकारी दिएको छ ।

जम्मा १७ लाख ८० हजार रुपैयाको चेक साटिएको भएपनि पाँच लाख धरौटी रकम राखिदिनेको खातामै फिर्ता गरिएकाले नगद निकालेको १२ लाख ८० हजार रुपैया लुटेर सम्पर्क विहीन भएका थिए । पैसा लिएर सम्पर्क विहिन भएपछि उपभोक्ता समितिका अध्यक्ष कान्छा तामाङ लगायतले प्रहरीमा उजुरी गरेको उपभोक्ता समितिका अध्यक्ष कान्छा तामाङले बताए ।

राख्न दिएको पैसा सहित समितिका सदस्य नै फरार भएपछि अध्यक्ष तामाङसहितलृ प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा तामाङलाई नागढुङगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले बताए । राम बहादुरको साथमा नगद रहे–नरहेको भने प्रहरीले खुलाएको छैन ।

खनियाबास गाउँपालिकास्थित साविकको दार्खा गाविसको कुरीबाट झार्लाङ गाविसको अक्थली जोड्नको लागि गाउँपालिकाले ४५ लाख रुपैया विनियोजन गरेको थियो । काम हुदै गर्दा रनिङ विलको आधारमा पैसा निकाल्दै काम गरिरहेपनि काम सम्पन्न भएपछि वाँकी रकम निकाल्ने बेलामा पैसा लुटेर फरार भएका हुन् । झार्लाङकै स्थानीयका अनुसार राम बहादुरले विगतमा पनि विभिन्न योजनाहरुको काम गर्दा पैसा हत्याउने र उपभोक्ता समितिहरुलाई धम्याएर पैसा असुल्ने गरेका थिए ।

२०७६ असार २५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: