Tue. Jul 16th, 2019

धादिङको गजुरीबाट २२० किलोग्राम गाँजासहित एकजना पक्राउ


२६ असार, धादिङ –


धादिङको गजुरीबाट प्रहरीले २२० किलोग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

गजुरी गाउँपालिका वडा नं २ डुडेठाँटीमा गाँजा राखिएका आठवटा बोरासहित पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा बेनिघाट रोराङ गाउँपालिका वडा नं १ खामभञ्ज्याङका ४१ वर्षिय डिलबहादुर तामाङ रहेको प्ररहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।

मलेखु भण्डारा सडकखण्डमा ठूलो परिमाणमा लागू औषध गाँजा कारोबार हुँदैछ भन्ने सुचनाको आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको पनि खड्काले बताए । विहिवार विहान ईलाका प्रहरी कार्यालय गजुरीमा पत्रकार सम्मेलन गरि प्रहरी नायव उपरिक्षक खड्काले घटनामा अरु पनि संलग्न हुनसक्ने बताउँदै थप अनुसन्धान भैरहेको जानकारी दिए ।

प्रहरीले तामाङको साथबाट सिमकार्ड सहितको मोवाइल एकथान र लागू औषध गाँजा ल्याउन प्रयोग भएको झोला समेत बरामद गरेको छ ।


२०७६ असार २६ गते प्रकाशित

Loading...