Tue. Sep 17th, 2019

धादिङको रुविभ्यालीका मजदुरले पाँचबर्ष पछि पाए ज्याला


२७ असार, धादिङ–


धादिङको रुविभ्याली गाउँपालिकाका मजदूरले पाँच वर्षअघि गरेको कामको ज्याला पाएका छन् । २०७१ सालमा नेपाल मार्केट डेभलप्मेन्ट प्रोग्राम (सार्मथ्य) को साझेदारीमा ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले रुविभ्यालीको पर्यटकिय प्रवद्र्धनका लागि भ्यू टावर निर्माण, गोरेटो बाटो निर्माण, बक्सवृज, पोटर सेल्टरहरु निर्माणका लागि स्थानीय मजदूरलाई कामको जिम्मा दिएका थिए ।

रुविभ्याली अन्र्तगत पर्ने लापा, सेर्तुङ र तिप्लिङका स्थानीयहरुले त्यस क्षेत्रमा काम गरेका थिए । त्यस क्षेत्रमा २०७२ सालमा गएको भूकम्प अघि नै ९५ प्रतिशत काम सम्पन्न भइसकेको थियो । काम गरे बापतको रकम भुक्तानी गरिदिनका लागि स्थानीयहरुले बारम्बार टानलाई आग्रह गरेका थिए । त्यतिबेलाका टानका अध्यक्ष रमेश धमला हुदाँको पालामा सो क्षेत्रमा निर्माण कार्य सुरु गरिएको थियो । धमलाको नेतृत्वले स्थानीयलाई काममा लगाई पाँच बर्षसम्म कामको ज्याला समेत नपाएको भन्दै रुवी भ्याल्लीका स्थानीयबासीले टानको विरोध गर्दै आईरहेको थियो ।

रुविभ्यालीका मजदूरको ज्याला बापतको २२ लाख ७१ हजार ९ सय ११ रुपैया स्थानीय निकायको रोहबरमा झुानी गरिएको टानका सुचना अधिकारी गोपाल श्रेष्ठले बताए । ‘गणेश हिमाल मनास्लु पर्यटन प्रवद्र्धन अन्तरगत रुविभ्यालीका मजÞदूरहरूको रकम वितरणको समस्या समाधान भएको छ’ उनले भने, १ सय २० जना मजदूरलाई ज्याला बापतको रकम भुक्तानी गरेका छौँ ।’ बाँकी मजदूरलाई पनि क्रमैसँग रकम भुक्तानी गर्ने उनले बताए ।

भुकम्पअघि नै काम सम्पन्न भए पनि २०७२ को भुकम्पले संरचना ध्वस्त भए पछि टानले रकम रोकेको थियो । टानबाट सम्झौता बमोजिम पाउनु पर्ने रकम पाँच बर्ष बितिसक्दा पनि नपाएको भन्दै गुनासो गरेका स्थानीयले अनन्त आफुले काम गरेको रकम प्राप्त गरेका हुन् । साविकको लिप्लिङ गाविसका स्थानीय मजदूरलाई सो रकम भुक्तानी गरेका हुन् । लापा र सेर्तुङका मजदूरको भने रकम झुक्तानी हुन बाँकी रहेको छ ।

टानबाट रुविभ्यालीका स्थानीय मजदूरलाई काम गरे बापतको प्रसाशनिक खर्च बाहेक ३५ लाख ८९ हजार ५ सय ६० रुपैयाँ दिन बाँकी रहेको स्थानीय सुक तामाङले बताए । ‘टानमा गुहार्दा बल्ल २२ लाख ७१ हजार रकम भुक्तान भएको छ’, उनले भने, ‘बाँकी मजदूरका रकम कहिले भुक्तान हुने हो, अन्यौल छ ।’

२०७६ असार २७ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: