Thu. Apr 18th, 2024

धादिङको गजुरीमा पहिरोले घर भत्किदाँ बालिकाको मृत्यु


२९ असार, धादिङ–

अविरल बर्षासँगै गएको पहिरोले घर भत्किदाँ धादिङमा बालिकाको मृत्यु भएको छ । शुक्रबार गजुरी गाउँपालिका वडा नं ४ दरिङगाल बालुवाडाँडामा स्थानीय कृष्णबहादुर तामाङको एक तले ढुङगा माटो र टिनले छाएको कच्ची घरमा पहिरो आइ घर भत्किदाँ उनको छोरी ८ वर्षीय अस्मिता तामाङको मृत्यु भएको हो ।

घटनामा तामाङका १२ वर्षीय छोरा जयराम तामाङ घाईते भएका छन् । घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

बुधबारदेखि लगातार परेको पानीका कारण पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो तथा लेदो खसेर सडक अवरुद्ध भएको छ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० बादरेमोडमा लेदो खस्दाँ पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो ।

त्यस्तै सदरमुकाम धादिङबेसीस्थित नीलकण्ठ नगरपालिका वडा नं ३ शीलतबजारको सडक भासिदाँ दर्जनौ घर पहिरोको जोखिममा परेको छ । भुकम्पका कारण भत्किएको सडक निर्माण हुन नसक्दाँ जोखिम मोलेर बसिरहेका सो क्षेत्रमा बर्षाको पानीले सडक भासिन थालेको स्थानीयको भनाई छ । पानीले सडक एक फिट भन्दा तल भासिएर पहिरो सुरु भएको छ ।

२०७६ असार २७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: