Mon. Aug 26th, 2019

धादिङको थाक्रेमा खोलाले बगाएर एकजना बेपत्ता


२७ असार, धादिङ –


धादिङको थाक्रे गाउँपालिका गाउँपालिका वडा नं ३ निगाले खोलाले बगाएर एकजना बेपत्ता भएका छन् ।

खोला तर्ने क्रममा बगाएर थाक्रे गाउँपालिका गाउँपालिका वडा नं ३ का ४० वर्षीय गोकुल गिरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । उनको खोजी कार्य भइरहेको छ ।

कामबाट घर फर्कने क्रममा सँगै खोला तरेका थाक्रे गाउँपालिका ३ का बद्री भुजेल भने सकुशल रहेको प्रहरीले जानकारी दिए ।

२०७६ असार २७ गते प्रकाशित

Loading...