Sat. May 18th, 2024

पौरखी र फाया नेपालले भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण ग¥यो

??????????
धादिङ – डीसियको आर्थिक सहयोगमा पौरखी नेपाल र फाया नेपालद्धारा धादिङको सलाङ, नलाङ र खरी गाविसका भूकम्प पीडितहरुलाई राहत वितरण गरिएको छ ।

बैशाख १२ गते गएको महाभूकम्पबाट पीडित बनेका ४ हजार ४ सय ८० घरधुरीका परिवारहरुलाई राहत वितरण गरिएको छ । राहत वितरण अन्र्तगत खरी गाविसका १२ सय २ घरधुरी, सलाङ गाविसका १२ सय ८, नलाङ गाविसका २ हजार ६० घरधुरीलाई राहत वितरण गरिएको छ ।

भूकम्पबाट पीडित बनेका त्यस क्षेत्रका स्थानीय कोही पनि नछुटोस् भन्ने उद्देश्यले प्रयेक घरधुरीमा नै गएर पूरै व्याकेट सामग्रीहरु वितरण गरिएको हो । पौरखी नेपालले प्रत्येक घरधुरीका लागि २ २ वटा कम्बल, १ वटा त्रिपाल वितरण गरेको छ भने फाया नेपालले १ बोरा चामल, ३ किलो दाल, १ किलो चिनी, १ किलो राजमा वितरण गरको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: