Mon. Aug 26th, 2019

सरकारी वकिल कार्यालय धादिङको नवनिर्मित भवन उद्घाटन


३० असार, धादिङ –


सदरमुकाम धादिङबेसीमा नवनिर्मित सरकारी वकिल कार्यालय धादिङको भवन उद्घाटन गरिएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरि माननीय महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले उद्घाटन गरे । नवनिर्मित भवनको उद्घाटन गर्दै महान्यायाधिवक्ता खरेलले कार्यायलको वातावरणलाई न्याय सम्पादन र पीडित वर्गको न्यायका लागि उपयुक्त थलो बनाउन आग्रह गरे ।

करिब दुई वर्षमा निर्माण सम्पन्न भएको भवनको कुल लागत ७ करोड २९ लाख, ९१ हजार ७८ रुपैया रहेको छ । जसमा ८८ प्रतिशत ऋण एसियाली विकास बैंकको तर्फबाट र १२ प्रतिशत लागत नेपाल सरकारको रहेको कार्यालयले जानकारी दिएको छ ।

२०७६ असार ३० गते प्रकाशित

Loading...