Thu. Nov 14th, 2019

धादिङ प्रहरीद्धारा विभिन्न घटनाका आरोपीलाई पक्राउ गरि सार्वजनिक


३१ असार, धादिङ –


धादिङ प्रहरीले विभिन्न घटनाका आरोपीलाई पक्राउ गरि सार्वजनिक गरिएको छ । कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई धादिङ प्रहरीले १७ वर्षपछि पक्राउ गर्न सफल भएका छन् ।

२०५९ साल असार ८ गते जिल्लाको गजुरी गाउँपालिकास्थित आगिन्चोकमा विवाहमा गएका गोरखाको कान्द्राङ गा.वि.स वडा नं.१ बस्ने ६४ वर्षीय लिलामान परियारलाई कुटपिट गर्दा मृत्यु भएको थियो ।

घटनापछि फरार रहेका त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ बस्ने २४ वर्षीय मदन परियारलाई पक्राउ परेका छन् । सोमबार काठमाडौँ महानगरपालिका वडा नं १७ ढल्कुबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारले बताए । ‘प्रहरीको सक्रियतामा घटना भएको १७ वर्षपछि पक्राउ गर्न सफल भयौँ,’ उनले भने, ‘पक्राउ परेकालाई कर्तव्य ज्यान मुद्धामा सम्मानित जिल्ला अदालत धादिङमा पेश गरिएको छ ।’

त्यस्तै ११ वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ बस्ने २७ वर्षीय प्रकाश तिमल्सिनाले बालिकालाई असार २६ गते जबरजस्तीकरण गरेको प्रहरीले जानकारी दिए । पक्राउ परेका तिमल्सिनालाई जबरजस्तीकरणी मुद्धा दर्ता गराइएको एसपी बैदवारले बताए ।

त्यस्तै रिचार्ज कार्ड लगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गरिएको छ । गत असार १८ गते रातीको समयमा जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ बाँदरेस्थित दिपेन्द्र सिलवालको पसलमा नगर दसई हजार, सतचालिस हजार बराबरको विभिन्न सामाग्री, रिचार्जकार्ड गरी अन्ठाउन्न हजार बराबरको धनमाल चोरी गरेकालाई पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ज्वालामुखी गाउँपालिका वडा नं १ रातमाटे बस्ने २० वर्षीय कमल कुमाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

२०७६ असार ३१ गते प्रकाशित

Loading...