Mon. Aug 26th, 2019

पूर्व शिक्षकद्धारा विद्यालयलाई नगद सहयोग

४ साउन धादिङ –

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ताल्तीमा रहेको पिपलभन्ज्याङ माध्यमिक विद्यालयमा अक्षय कोष निर्माणका लागि नगद सहयोग प्रदान गरेको छ ।

सोही विद्यालयका पूर्व शिक्षक समेत रहेका ताल्ती घर भई हाल अमेरिका बस्दै आइरहेका विष्णुकुमार त्रिपाठीले विद्यालयलाई नगद सहयोग गरेका हुन् । उनले तीन लाख तीन हजार तीन सय तीन रुपैया विद्यालयलाई प्रदान गरेको छ ।

पिपलभन्ज्याङमा नै अध्ययन गरि १५ वर्ष अध्यापन गराएका उनले अक्षय कोष निर्माण गरि गरिब, जेहेन्दार र दलित विद्यार्थीलाई सहयोग गर्ने बताए । यस क्षेत्रमा सिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेकोले उनीहरुको शिक्षामा जोड दिदै सहयोग प्रदान गरिएको उनको भनाई छ ।

२०७६ साउन ४ गते प्रकाशित

Loading...