Mon. Aug 26th, 2019

नेकपा धादिङको इन्चार्जमा शालिकग्राम जमरकट्टेल, सह–इन्चार्जमा खेम लोहनी


५ साउन, धादिङ –


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरको इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमति अनुसार ७७ वटै जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरपालिकाको पार्टी इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो।

बैठकले धादिङको इन्चार्जमा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका शालिकग्राम जमरकट्टेललाई तोकेको छ भने सहइन्चार्जमा प्रतिनिधिसभाका सांसद खेम लोहनीलाई तोकेको छ ।

२०७६ साउन ५ गते प्रकाािशत

Loading...