Thu. Apr 18th, 2024

राजमार्गलाई हरियाली बनाउन ५ हजार सजिवनका विरुवा रोपिने


६ साउन, धादिङ –


विभिन्न कारणले उजाड हुँदै गएको राजमार्गलाई हराभरा बनाइने भएको छ । राजमार्गलाई हरियाली मार्गको रुपमा विकास गर्नका लागि पाँच हजार बिरुवा रोपिने भएको छ । जिल्लाको बेनिघाट रोराङ, गजुरी, गल्छी र थाक्रे गाउँपालिका र धुनीबेसी नगरपालिका अन्र्तगत पर्ने पृथ्वी राजमार्गका छेउछाउमा बिरुबा रोपिने जानकारी गराइएको छ ।

बढ्दो शहरीकरण, जनसख्या वृद्धि, वातावरण प्रदूषण आदि कारणले तापक्रम वृद्धिका साथै मानव स्वास्थ्यमा समेत अनेक समस्या उत्पन्न हुने गरेको छ । यसका लागि विरुवा रोप्ने, त्यसको संरक्षण तथा सम्बद्र्धन गर्ने र सरसफाइमा ध्यान दिनु नै उत्तम उपाय रहेको स्थानीयको भनाई छ ।

भौतिक पूर्वाधार निर्माणका कारण बढ्दै गएको तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियानले सार्थकता दिने अभियान्ताहरुको भनाई छ । राजमार्गलाई हरियाली बनाउनका लागि युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग, राजमार्गमा रहेका पाँच स्थानीय तहको समन्वयमा कार्बन फार्मर्स अफ नेपाल, अष्टे«लिया र सिड्स धादिङले अभियान संचालन गर्ने जानकारी दिएको छ ।

हरियाली अभियान अन्र्तगत राजमार्ग आसपासमा सजिवन (सितलचिनी) को बिरुवा रोपिन लागेको हो । सजिवन अत्यन्त लाभदायक वनस्पति हो । यसले शीरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ । नेपालमा सजिलै पाइने भएपनि यसको औषधीय गुुणको बारेमा कमैलाई मात्र थाहा छ । यसको टिप्पिएको कोसामा छोक्रा (रेसा) हुने हुदाँ यसलाई धेरैले मन पराउँदैनन् तर कलिलोमा यो निकै मुलायम हुन्छ ।

सजिवनलाई जीवन जोगाउने रुख भनेर पनि चिनिन्छ । यसको बीउबाट तेल निकालिन्छ, जुन अमूल्य औषधी मानिन्छ । आयुर्वेदमा सजिवनको प्रयोगले तीन सय भन्दा बढी रोगको निदान हुने र कुपोषण पीडितहरुलाई आहाराको रुपमा मानिने गर्दछ । यसको प्रवद्र्धनसँगै राजमार्गलाई स्वच्छ र हराभराको रुपमा विकास गर्न अभियान संचालन गरिएको सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताए ।

गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सांसद भूमि त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो ।

२०७६ साउन ६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: