Fri. Dec 6th, 2024

शैक्षिक संस्था पुनः निर्माणमा जुट्दै अनेरास्ववियु

school nirman akhil
धादिङ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियु भूकम्पपछि भत्किएका शैक्षिक संस्थाहरुको पुनः निमार्णका लागि जुटका छन् ।

जिल्लाको शैक्षिक संस्थाको पुन निर्माण गर्न र विद्यार्थीहरुलाई छिटै नै विद्यालयमा ल्याउने वातावरण बनाउनका लागि केन्द्रिय कार्यक्रम अन्र्तगत यस्तो अभियान थालिएको अनेरास्ववियुका केन्द्रिय सचिव राधिका खतिवडाले जानकारी दिनुभयो ।

बैशाख १२ गते गएको महाभूकम्पपछि भत्किएर क्षति भएका विद्यालयहरु मर्मतका लागि एक महिने अभियानमा केन्द्रिय तथा जिल्ला कमिटिका सदस्यहरु तथा इन्जिनियर सहितको १५ जनाको टोलीले थाक्रे गाँउ विकास समितिको वडा नं ४ मा रहेको वाराही प्राविमा दुई कोठे भवन निर्माण गरिएको छ ।

school nirmal akhil 2

 

भत्किएका पूराना भवनहरुमा रहेको जस्ता, ढुङगालाई सदुपयोग गरी निर्माण गरिएको दुईकोठे भवन विहिबार एमाले नेता राजेन्द्र प्रसाद पाण्डेको सहभागीतामा अनेरास्ववियुले विद्यालयका प्रधानाध्यपक यादव गजुरेललाई हस्तान्तरण गरिएको छ । विद्यालय हस्तान्तरणपछि खुसी व्यक्त गर्नुहुँदै विद्यालयका प्रअ गजुरेलले छिटै नै विद्यालय सञ्चालन गर्ने जानकारी दिनुभयो ।

एक महिने अभियान अन्र्तगत जिल्लाका भुकम्पबाट प्रभावित भएका विद्यालयहरुको पुनः निमार्ण र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम रहेको अनेरास्ववियु धादिङले जनाएको छ । भूकम्प र त्यसको पराकम्पनले गर्दा जिल्लाको ग्रामीण भेगमा रहेका अधिकांश विद्यालयहरु भत्किएका छन् भने डेक्स, बेञ्चहरुमा पनि क्षति पुगेको छ ।

About The Author

अन्य समाचारहरु: