Thu. Jun 13th, 2024

भूकम्प पीडितहरुलाई अस्थायी घर बाड्दै उद्योगमन्त्री महेश बस्नेत

mahesh basnet
भक्तपुर – अन्नतलिङ्गेश्वर नगरपालिकाका भूकम्प पिडित ग्रामिण समूदायका ६० परिवारका लागि उद्योग मन्त्री महेश बस्नेतको पहलमा अस्थायी घर निर्माण गरिएको छ । अनन्तलिङ्गेश्वरस्थित दधिकोटको गाम्चा, तर्खगालका भूकम्प पिडितहरुलाई पहिलो चरणमा ६० वटा अस्थायी घर बनाउने अभियान सञ्चालन गरिएको स्थानीय कमल न्यौपानेले जानकारी दिनुभयो ।

बस्नेतको पहलमा मानवीय आस्था नेपाल नामक संस्थाले भूकम्प पीडितहरुका लागि घरटहरा निर्माण गरेको छ । गत बैशाख १२ गते र २९ गते गएको महाभूकम्पले सो क्षेत्रका सबै घर भत्केका छन । भूकम्पले प्रभावित पारेको क्षेत्रमा संस्थाले घर टहरा बनाउने अभियान सञ्चालन गरेको हो ।उद्योग मन्त्री महेश बस्नेतले स्थानीयहरुलाई अस्थायी घरको प्रमाणपत्र हस्तान्तरण गर्दै भूकम्पले प्रभावित पारेको भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिकाको ठूला गाउँ तथा माली गाउँमा ४०० वटा र जिल्लाभरिमा २००० अस्थायी घर निर्माण गरिने बताउनुभयो । उहाँले संस्थाले स्वच्छ र मानवीय भावनाले काम गरेकाले टहरा निर्माण भूकम्प पीडितहरुलाई ठूलो राहत पुगेको बताउनुभयो । एक महिना भित्र भक्तपुरमा भूकम्प पीडितहरुलाई दुई हजार अस्थायी घर निर्माण गर्ने लक्ष्य संस्थाले लिनु गौरबको कुरा भएको उहाँले बताउनुभयो ।

mahesh basnet 2

दश हजार दुई सय रुपियाँको लागतमा सहजै निर्माण गर्न सकिने अस्थायी घरमा छ जनाको परिवार बस्न सकिने छ । जग्गा बाहेक बनाउने लाग्ने लागत सबै व्यहोर्न सहयोग पु¥याउनुहुने गैर आवासिय नेपाली संघ लग्र्जम्जर्गका अध्यक्ष रमेश त्वायनाले भूकम्पबाट पीडित भएकाहरुलाई मानवीय सेवा गर्नु परम कर्तव्य ठानेर भूकम्प पीडितहरुका लागि पुर्नबार्सको अभियान सञ्चालन गरेको बताउनुभयो । टहरा निर्माण गरेपछि स्थानीयहरुले खुशी व्यक्त गरेका छन । भूकम्पका कारण उठीबास लाग्ने अवस्थामा पुगेको अवस्थामा घर निर्माण गर्नु आफूहरुका लागि भगवाना नै उदायको जस्तो भएको भूकम्प पीडित डिल्लीराम न्यौपानेले बताउनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: