Thu. Mar 28th, 2024

पृथ्वी राजमार्ग ग्रीन र क्लिन अभियान सुरु


९ साउन, धादिङ –


पृथ्वी राजमार्गमा ग्रीन र क्लिन अभियान सुरु भएको छ । उजाड बन्दै गएको राजमार्ग क्षेत्रलाई हरियाली बनाईने उद्देश्यको साथ उक्त अभियान सुरु गरिएको चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताए । हरियाली तथा स्वच्छता अभियान अन्तरगत राजमार्ग आसपासका खाली जग्गामा सितलचिनि (सजिवन) को बोट रोपिन लागिएको हो ।

अभियान अन्तरगत राजमार्ग क्षेत्र भित्र पर्ने गाउँपालिका तथा नगरपालिका सँगको पहिलो चरणको अभिमुखीकण कार्यक्रमहरु अन्तिम चरणमा पुगेको छ । गजुरी गाउँपालिका, गल्छि गाउँपालिका, थाक्रे गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिका भित्रका अगुवा किसानहरु सँग पहिलो चरणको अभिमुखीकरण कार्यक्रम सन्चालन गरीएको छ ।

अभिमुखीकरण कार्यक्रम अन्तरगत बिहीबार गजुरी गाउँपालिकामा पहिलो चरणको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । जनआर्दश कृषि सहकारी संस्थाको व्यावस्थापन, गजुरी गाउँपालिकाको समन्वय र युएमएन धादिङ र सिड्स नेपालको साझेदारीमा अगुवा कृषहरु सँग छलफल गरीएको हो ।

अगुवा किसानहरुलाई कार्वन फार्मस नेपालका प्राविधिक कृष्ण प्रसाद भट्टराईले सहभागीहरुलाई जग्गा व्यावस्थापन, विरुवा रोप्ने तरिकाको विषयमा प्राविधिक जानकारी गराएका थिए । कार्यक्रममा सिड्स नेपालका कार्यकारी दिर्नेशक गोकर्ण रुपाखेतीले हरियाली प्रबद्र्धन कार्यक्रमको उद्देश्य ,शितलचिनि खेतीको महत्व, आयआर्जनका सम्भावना र कार्वन व्यापारको विषयमा सहजिकरण गरेका थिए ।

जनआर्दश कृषि सहकारी संस्थाका अध्यक्ष तारा भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका उप प्रमुख सिता ढुङगानाको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख प्रशासकिय अधिकृत युवराज अर्याल, गजुरी गाउँपालिकाको वडा अध्यक्षहरु अगुवा सरोकारवलाहरु लगायत सिड्स नेपाल धादिङको सदस्य गंगा सुवेदी र बालसंरक्षण परियोजनाको कार्यक्रम संयोजक दिलवहादुर रम्तेल लगायतको सहभागीता रहेको थियो ।

राजमार्ग क्षेत्रमा १२ हजार शितलचिनीको बिरुपा यसबर्ष रोपीने सिड्स नेपालका कार्यकारी दिर्नेशक गोकर्ण रुपाखेतीले जानकारी दिए । बेनिघाट र गजुरी गाउँपालिकालाई सिड्स धादिङले दुई÷दुई हजार शितलचिनीको बिउ उपलब्ध गराउने भएको छ ।

२०७६ साउन ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: