Fri. Mar 29th, 2024

सुत्केरीको मृत्युपछि गल्छी त्रिशुली सडक अबरुद्ध

१० साउन, नुवाकोट –


जिल्ला अस्पताल त्रिशुलीको लापरवाहीको कारण सुत्केरीको ज्यान गएको भएको भन्दै आफन्त तथा स्थानीयहरुले गल्छी त्रिशुली सडक खण्डको महादेवफाँटमा यातायात अवरुद्ध गरेका छन्। बेलकोटगढी नगरपालिका–७ महादेवफाँटकी गोमा वस्तीको सुत्केरी पश्चात अत्याधिक रक्तश्रावको कारण ज्यान गएको थियो।

बुधबार अस्पताल भर्ना भएकी वस्तीले बिहिवार बिहान सामान्य रुपमा छोराको जन्म दिएकी थिइन्। नवजात शिशुको श्वासप्रश्वासमा समस्या आए पछि कान्ती बाल अस्पताल काठमाडौँ पठाइएको थियो। आमाको अवस्था सामान्य भएकोले जिल्ला अस्पतालमा राखिएको थियो।

सुत्केरी अत्याधिक रक्तश्रावसँगै अर्धचेत अवस्थामा हुँदा समेत अस्पतालले हेलचेक्राई गरेको भन्दै आफन्तहरु आक्रोशित भएका छन्। सडकमा मुडा राख्नुको साथै टायर बालेर पूर्ण रुपमा सडक अवरुद्धको अस्पताल विरुद्ध नाराबाजी गरिरहेको स्थानीय प्रेम लामिछानेले बताए।

जिल्ला प्रहरी कार्यालयमा मृतक वस्तीको आफन्त र अस्पताल प्रशासन बिच वार्ता भइरहेको छ। वार्ताबाट मृतकको पक्षमा उठाइएको माग पुरा नभए सम्म सडक अवरुद्ध गरिने स्थानीय लामिछानेले बताए। लापरवाहीको कारण भन्दा पनि जिल्ला अस्पतालमा उपचारको लागि आवश्यक उपकरण नहुँदा सुत्केरीको मृत्यु भएको डाक्टर मधुकरले बताए। जिल्ला अस्पतालमा उपचार हुन नसकी उनलाई हेलिकप्टर मार्फत शिक्षण अस्पताल काठमाडौँ लगिएको थियो। अस्पताल श्रोतले उनको मृत्यु भइसकेको जानकारी गराएको परिवारका सदस्यले बताए।

२०७६ साउन १० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: