Fri. Mar 29th, 2024

सामाजिक सन्जालबाट हुने विज्ञापनको आधिकारिकता खोजिने

२०७६ साउन १२ गते मा प्रकाशित

१२ साउन, काठमाडौं । सामाजिक सन्जालबाट गरिने विज्ञापनमा पनि आधिकारिकता खोजिने भएको छ ।

विज्ञापन नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलको क्रममा संसदको विकास तथा प्रविधि समितिले सामाजिक सन्जालमा गरिने विज्ञापनमा पनि आधिकारिकता खोज्ने विषयमा सहमति जुटाएको हो ।

विधेयकको दफा १२ मा आधिकारिक रुपमा जानकारी नभइ विज्ञापन गर्न नहुने विषय उल्लेख छ । विज्ञापन प्रकाशन वा प्रसारण गर्ने विद्युतीय अनलाइन, छापा वा सञ्चार माध्यमले विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको जानकारी नभइ विज्ञापन गर्न नहुने व्यवस्था विधेयकमा छ । त्यसमा सांसदहरुले सामाजिक सन्जाललाई पनि समेट्नु पर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरेका थिए । आइतबारको विकास समितिको बैठकमा पनि सांसदहरुले यो विषय उठाएका थिए ।

बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सामाजिक सन्जाललाई पनि समेट्दा केही फरक नपर्ने भनेपछि समितिले त्यसलाई पास गरेको हो ।

यससँगै सामाजिक सन्जालमार्फत् गरिने विज्ञापनमा पनि अब विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको बारेमा प्रष्ट उल्लेख गर्नुपर्ने भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: