Sat. May 18th, 2024

प्रबासीको सहयोग धादिङको आगिञ्चोकमा

aahichock
धादिङ – बैशाख १२ गतेको भुकम्पबाट प्रभावित धादिङको आगिञ्चोक गाविसको गोलाङमा अमेरिकामा रहेका नेपालीहरुको पहलमा ३ सय ३२ घरपरिवारलाई रहत वितरण गरिएको छ ।

आगिञ्चोक गाविसबाट अमेरिका पुगेका स्थानियहरुको पहलमा राहत बितरण गरिएको हो । अमेरिकामा रहनु भएका दिवाकर पाण्डेको पहलमा संकलित ४ लाख ५६ हजार रकमबाट खरिद गरिएको चामल, दाल, नुन, तेल चिनी लगाएत दैनिक जिवनमा आवश्यक खाद्यन्न बितरण गरिएको आगिञ्चोकका स्थानिय राजेन्द्र बसौलाले जानकारी दिनु भयो । अमेरिकामा रहेका यसै भेगबाट अमेरिका पुगेका टकबहादुर रुवाली, इन्दीरा सिम्खडा, यशोदा थपलिया, सहित अन्य मुलुकहरुमा रहेका गोकर्ण बसौला, मेखबहादुर बसौला, ओम नेपाली लगाएतका व्यक्तिहरुले समेत राहत रकम संकलनमा सहयोग गरेको राहत संकलनको संयोजन गरिरहनु भएका दिवाकर पाण्डेले बताउनु भयो ।

आगिञ्चोक गाविसको बडा नम्वर १, २ र ३ का सर्वसाधरणहरुलाई उक्त राहत बितरण गरिएको थियो । बैशाख १२ गतेको भुकम्प र यस पछिका निरन्तरका कम्पनका कारण यस क्षेत्रमा प्राय घरहरु भत्कीनुका साथै यहाँका स्थानियहरुले सम्पूर्ण अन्न उपज समेत गुमाएको त्यहाँका शिक्षक बोधनाथ पाण्डेले जानकारी दिनु भयो । यस अघि यस स्थानमा आगिञ्चोक १ का स्थानिय जगत सिम्खडाको पहलमा ३ लाख ७५ हजार बरावरका रकमबाट त्रिपाल, खाद्य सामाग्री चामल दाल तेल चिनी सहित अन्य सामाग्रीहरु समेत राहत स्वरुप बितरण भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: