१ जेठ, धादिङ – शुक्रबार विहान ७ः२७ बजे गएको भूकम्पबाट धादिङमा ३२ जना घाइते भएका छन् ।
धादिङलाई केन्द्रबिन्दु बनाएर गएको ५.५ रेकटर स्केलको भूकम्पबाट धादिङको धुँवाकोट, सेमजोङ र खरी गाविसमा एक एक जना र नीलकण्ठ नगरपालिकामा २९ जना घाइते भएको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।
भूकम्पपछि घाइते भएकाहरु जिल्ला अस्पताल धादिङबेसीमा उपचार पश्चात केही घर फर्किसकेका छन् भने केहीको उपचार भइरहेको छ । भूकम्पले सबैभन्दा बढी सदरमुकाम धादिङबेसी आसपासका क्षेत्रलाई असर गरेको छ । बेला बेलामा गएको भूकम्पको पराकम्पनबाट धादिङबासी निकै नै त्रसित बनेका छन् । भूकम्पको धक्का बढी भएपछि आफ्नो घर छोडि नजिकैको खुल्ला ठाँउमा पाल टागेर बस्न थालेका छन् ।