Fri. Mar 29th, 2024

फिलिपिन्समा डुंगा दुर्घटना हुदाँ २५ को मृत्यु, ६ बेपत्ता


२० साउन, मनिला –


फिलिपिन्सको मध्यक्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुंगा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ। इलोइलो र गुइमारासमा शनिबार तीनवटा डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीले आइतबार जानकारी दिएका छन्।

प्रकोप व्यवस्थापन निकायका अधिकारीका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ। इलोइलोबाट गुइमारासतर्फ गइरहेका बेला आँधी आएपछि तीन घण्टाको अवधिमा तीनवटा डुंगा पल्टिएको जनाइएको छ।

आँधीले समुद्रमा ठूलो छाल ल्याएको थियो। आँधी, छाल र वर्षाका कारण यस क्षेत्रको मौसम खराब भएको छ भने यात्रुले पनि दुःख पाएका छन्।

२०७६ साउन २० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: